सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० जेठ २१ गते आइतवारको राशिफल

२०८० जेठ २१ गते आइतवार, ४ जुन २०२३ । ज्येष्ठ शुक्लपक्ष पूर्णिमा तिथि, ९ः१६ बजेपछि आषाढ कृष्णपक्ष प्रतिपदा । अनुराधा नक्षत्र, प्रातः ५ः२३ बजेपछि ज्येष्ठा । चन्द्रराशि– वृश्चिक ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । रोकिएका काममा दोहोरÞ्याएर प्रयत्न गर्नुपर्ला । सोचेको समयमा काम नबन्न सक्छ । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । समस्या दर्साउँदा सहयोगीहरूको साथ पाइनेछ । प्रयत्न गर्दा गुमेको रकम जोगाउन सकिनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

दिन रमाइलो रहनेछ । व्यापार बढ्नेछ भने पेसा–व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ । भौतिक साधन जुट्नुका साथै दिगो काम थाल्ने समय छ । अवसरले काममा उत्साह जगाउनेछ । नयाँ कामका लागि सम्भावना खोजी गर्ने समय छ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ । सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ । हल्लाको पछि लाग्दा दुःख पाइनेछ । गोपनीयता बाहिरिनाले पनि काममा समस्या आइपर्ला । बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ । परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ । शत्रु र रोगबाट भने सजग रहनुपर्ला । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अध्ययनमा राम्रो प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् । प्रतिभा प्रदर्शन गर्दै उपलब्धि प्राप्त गर्न सफल भइनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोगले फाइदा उठाउन सकिनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम बिग्रन सक्छ । तापनि, मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ । पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ । भूमि तथा पशुधनबाट पनि फाइदा मिल्नेछ । टाढिएका आफन्त नजिकिनेछन् । मिहिनेतले राम्रो लाभ दिलाउनेछ । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुपर्ला ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ । आवेशमा काम गर्दा विवादमा परिनेछ । दाजुभाइमा केही असमझदारी देखापर्न सक्छ । आफ्नो मिहिनेतबाट अरूले समेत फाइदा उठाउने चेष्टा गर्नेछन् । मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ । लगनशीलताले अप्ठ्यारा परिस्थितिसमेत सहज बन्नेछन् ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ । चिताएको काम सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका छ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । मान–सम्मान प्राप्त हुनेछ । सम्पादित कामबाट धन लाभ हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नाम, दाम र इनाम प्राप्त हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ । मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ । विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ । रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ । नयाँ कामको अवसर प्राप्त हुनाले हौसला जाग्नेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ । परिवारजनबाट टाढिनुपर्ला । आस देखाउनेहरूले फसाउन सक्छन् । तापनि, समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन् । खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ । चुनौती पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ । रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ भने आर्थिक साझेदारीबाट पनि मनग्गे लाभ मिल्नेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत पनि प्राप्त हुनेछ । तर, अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन् । सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ । परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिनेछ । तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतवार ०५:४८