सूचनाको शक्ति - The Power Of Information

        

चार महिनामै फेरिए पश्चिम नवलपरासीका एसपी

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका एसपी फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले पश्चिम नवलपरासीमा कार्यरत एसपी विनोद सिलवाललाई जिम्मेवारीबाट हटाएको हो ।

पश्चिम नवलपरासीमा प्रहरी उपरिक्षक काजीकुमार आचार्यलाई काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सिलवाल माघ अन्तिम साता पश्चिम नवलपरासी गएका थिए ।

प्रहरी प्रधान कार्यालयले उनलाई चार महिनामै प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभागमा काज सरुवा गरेको छ । काजीकुमार आचार्य प्रहरी प्रधान कार्यालयस्थित सुपरिवेक्षण तथा अनुगमन महाशाखामा कार्यरत थिए ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार ०८:३६