सूचनाको शक्ति - The Power Of Information

        

जहाजको ढोकामा पुगेका यात्रुलाई निगमका कर्मचारीले रोकेपछि…

यही मंगलबार ताप्लेजुङको फुङ्लिङ जान लागेका एकजना यात्रुलाई जहाजको ढोकामा पुगिसकेको अवस्थामा रोकेपछि नेपाल वायु सेवा निगमका कर्मचारीको सरुवा भएको छ ।

जेठ १७ काठमाडौंबाट ताप्लेजुङ उडानका लागि निगमको टिकट काटेर बोर्डिङ पाससमेत लिइ विमानस्थलभित्र जहाजको ढोकामा पुगेका वृद्ध ठाकुरसिंह भण्डारीलाई फर्काइएपछि ती कर्मचारीको सरुवा गरिएको हो ।

विमानस्थलबाट सिस्टममा नाम नभएको भनी ती वृद्ध यात्रुलाई घर फर्काउने निगमका ती कर्मचारी गगनबहादुर चन्दलाई ताप्लेजुङ नै सरुवा गरिएको हो । घटनापछि यसबारे गुनासो आएकोले निगमका सम्बन्धित कर्मचारी चन्दले चित्त बुझ्दो जवाफ नदिएपछि सरुवा गरिएको हो ।

त्यसबेलाका युनिट ईन्चार्जसमेत रहेका चन्दलाई सोधपुछ गर्दा चित्तबुझ्दो जवाफ नआएले कारवाहीस्वरुप काठमाडौंबाट ताप्लेजुङ विमानस्थलमा सरुवा गरी थप अनुसन्धान भइरहेको पर्यटन मन्त्री सुदन किरातीले बताएका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहीबार १५:४७