सूचनाको शक्ति - The Power Of Information

        

नेपाल-भारतबीच भए सात वटा महत्वपूर्ण सम्झौता

नेपाल भारतबीच सात वटा महत्वपूर्ण सम्झौता भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा बिहीबार ७ वटा सम्झौतामा हस्ताक्षर भएको हो ।

पारवहन सम्झौता पुनरावलोकन गर्ने सम्झौता भएको छ । त्यसमा नेपालका उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजाल र भारतका वाणिज्य तथा आपूर्तीमन्त्री पीयुस गोयलबीच सम्झौता आदान प्रदान भएको हो ।

दुई देशबीच क्रस बोर्डर पाइपलाइन अन्तर्गत अमलेखगञ्ज–चितवन र सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माणको सम्झौता भएको छ । यो सम्झौतामा उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री रिजाल र भारतका पेट्रोलियम मन्त्री हरदीपसिंह पुरीले हस्ताक्षर गरेका हुन् ।

अर्को सम्झौता सुस्मा स्वराज इस्टिच्यूट फरेन सर्भिस रहेको छ । त्यसमा दुई देशका राजदूतबीच हस्ताक्षर भएको छ । दोधारा चाँदनी एकीकृत जाँचचौकीका बारेमा समेत सम्झौता भएको छ । त्यसमा नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ती सचिव मधुकुमार मरासीनी र भारतका तर्फबाट भारतीय राजदूत नविन श्रीवास्तावले हस्ताक्षर गरेका हुन् ।

यी दुई देशबीच तल्लो अरुण जलविद्युत आयोजना निर्माण सम्झौता भएको छ । यस्तै, फुकोट कर्णाली जलविद्युत विकास सम्झौता पनि भएको छ । यसैगरी क्रस बोर्डर डिजिटल पेमेन्ट सम्बन्धमा समेत सम्झौता भएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहीबार १५:३६