सूचनाको शक्ति - The Power Of Information

        

नेपाली भूमिबाटै दुई नेपाली भारतीय प्रहरीको नियन्त्रणमा

भारतीय सुरक्षाकर्मीले नेपाली भूमिबाटै दुई जना नेपालीलाई पक्राउ गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९, मटेनास्थित खेलमैदान क्षेत्रबाट दुई नेपाली युवालाई भारतीय सुरक्षाकर्मीको टोलीले पक्राउ गरी लगेको हो ।

भीमदत्त नगरपालिका-९ का वडाध्यक्ष गगनसिंह कार्कीका अनुसार बुधबार बिहानैदेखि सादा पोसाकमा नेपालतर्फको एक पसलमा बसिरहेका भारतीय सुरक्षाकर्मीहरूले नेपाली युवा दिनेश रावत र ईश्वर पन्तलाई नियन्त्रणमा लिएर गएका हुन् ।

के कति कारणले नेपाली नागरिकलाई भारतीय सुरक्षाकर्मीले लगे भन्ने विषयमा खुल्न खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले अहिलेसम्म कुनै आधिकारिक जानकारी नआएको र स्थानीयले दिएको जानकारीअनुसार भारतीय सुरक्षा अधिकारीहरूसँग बुझ्ने प्रयास भइरहेको बताएका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहीबार ०६:१३