सूचनाको शक्ति - The Power Of Information

        

सन्दीप लामिछानेविरुद्धको मुद्दा लम्बियो

बालिगमाथि जबर्जस्तीकरणी आरोपमा पक्राउपछि हिरासतबाट छुटेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा लम्बिएको छ ।

काठमाडौं जिल्ला अदालतले मंगलबार (आज) पनि फैसला दिन नसकेसँगै मुद्धा लम्बिन पुगेको हो ।

न्यायाधीश शंकर बहादुर राईको इजलासमा परेको उक्त मुद्दामा पीडित पक्षका कानुन व्यवसायीले अन्तरिम क्षतिपूर्तिको निवेदन सम्बोधन नभएको भनेपछि मुद्दा लम्बिएको छ ।

मुद्धा लम्बिएसँगै सन्दीप क्रिकेट खेल्न तत्काल दक्षिण अफ्रिका जान बञ्चित भएका छन् । उता, सन्दीपका समर्थकहरु भने चाँडो मुद्धा छिनोफानो गर्न माग गर्दै माइतीघरमा प्रदर्शनमा उत्रिएका छन् ।

उनीहरुले सन्दीपलाई चाँडो न्याय दिन माग गरेका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलवार १६:४५