सूचनाको शक्ति - The Power Of Information

        

आर्थिक वर्ष २०८०/८१

संघबाट कुन प्रदेश र स्थानीय तहले कति पाए बजेट ?(पूर्णपाठ)

सबैभन्दा धेरै बजेट गाउँपालिकालाई

सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरे ।

अर्थमन्त्रीले सार्वजनिक गरेको बजेट अनुसार अन्तर सरकारी वित्तीय हस्तान्तरणमा ४ खर्ब ८ करोड ७० लाख रूपैयाँ विनियोजन गरिएको छ । जुन ७ वटा प्रदेश र ७ सय ५३ वटा स्थानीय तहमा जाने छ ।

स्थानीय तहलाई २ खर्ब ९५ अबै २ करोड, २ लाख र प्रदेशलाई १ खर्ब ५ अर्ब ६ करोड ६८ लाख हस्तान्तरण हुनेछ । सबैभन्दा धेरै गाउँपालिकालाई गएको छ ।

४ सय ६० गाउँपालिकालाई सरकारले १ खर्ब ४३ अर्ब ६ करोड ३९ लाख वित्तीय हस्तान्तरण गरेको हो । गाउँपालिकालाई समानीकरण अनुदान ४३ अर्ब ६५ करोड १० लाख, सशर्त अनदान ९० अर्ब ८४ करोड ६२ लाख, विशेष अनुदान ४ अर्ब ६५ करोड ३४ लाख गरी र समपुरक ३ अर्ब ९१ करोड ३३ लाख गरी १ खर्ब ४३ अर्ब ६ करोड हस्तान्तरण भएको हो ।

हेर्नुहोस् पूर्णपाठः

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलवार १६:३४