सूचनाको शक्ति - The Power Of Information

        

केरा खाँदा मुटु बलियो, यस्ता छन् फाइदा र बेफाइदा

मानिसहरूलाई स्वस्थ रहन फलफूल खाने सल्लाह दिइन्छ । फलफूलले शरीरलाई पोषण दिन्छ । फलफूलमा भिटामिन, प्रोटिन, मिनरल्स लगायतका पौष्टिक तत्त्वहरू प्रशस्त मात्रामा पाइन्छ ।

भनिन्छ, हरेक बिहान खाली पेटमा एउटा स्याउ खाँदा मानिस स्वस्थ रहन्छ, तर स्याउबाहेक पनि धेरै फलफूल छन्, जुन निकै पौष्टिक हुन्छन् । यदि तपाई स्वस्थ रहन लाभदायक आहार खान चाहनुहुन्छ भने केरा पनि फाइदाजनक हुन सक्छ ।

विज्ञहरूले दिनमा एउटा केरा खान सल्लाह दिन्छन् । केरामा भिटामिन र पोषक तत्त्व हुन्छ । केरामा पाइने कार्बोहाइड्रेट, भिटामिन ए, सी र बी–६, आइरन, फस्फोरस, क्याल्सियम, म्याग्नेसियम, जिङ्क, सोडियम, पोटासियमले शरीरलाई पूर्ण पोषण प्रदान गर्छ ।

यसबाहेक, प्राकृतिक चिनीहरू जस्तै सुक्रोज, फ्रक्टोज र ग्लुकोज पाइन्छ । केरालाई सुपरफुड भन्न सकिन्छ । तर केरा खानुका केही बेफाइदा पनि छन् । केरा खानुका फाइदा र बेफाइदाहरू बारे जान्नुहोस् ।

केरा खानुका फाइदा

  • केरामा पोटासियम हुन्छ, कसरत पछि केरा नियमित खानु फाइदाजनक हुन्छ ।
  • केरामा भिटामिन बी ६ पाइन्छ, जसले मस्तिष्कको शक्ति बढाउनका साथै यसको सेवनले स्मरण शक्तिलाई तेजिलो बनाउँछ ।
  • केरा तौल नियन्त्रणमा फाइदाजनक हुन्छ ।
  • केराले कब्जियत र पेटको समस्याबाट राहत दिन्छ ।
  • केरामा अमिनो एसिडको मात्रा बढी हुने भएकाले हर्मोनको स्तर ठिक रहन्छ र मुड ठिक रहन्छ । यसले तनाव कम गर्छ ।
  • केराले मुटु रोगबाट बचाउँछ ।

केरा खानुका बेफाइदा

  • केरामा धेरै क्यालोरी हुन्छ, जसले तौल बढाउँछ । त्यसैले तौल बढी भएका व्यक्तिहरूले केराको कम सेवन गर्नुपर्छ ।
  • केरामा प्रोटिन कम हुन्छ, जसका कारण यसको सेवनले मांसपेशी कमजोर हुन सक्छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलवार ०६:४३