सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्रीको भारत भ्रमण: एजेन्डा र प्राथमिकता स्पष्ट नहुँदा शंका

यही बुधबार भारतको चार दिने औपचारिक भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमलदाहाल ‘प्रचण्ड’ ले आइतबार भारत भ्रमणको तयारी स्वरूप पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री, पूर्व परराष्ट्र सचिवलगायतसँग छलफल गर्नुभएको छ ।

नेपाल र भारतबीच थुप्रै मुद्दाहरू भएकोले स्वभाविकै रूपमा छलफलमा धेरैले धेरै सुझाव दिएका छन् । तर, पनि भ्रमणमा सरकारको एजेन्डा र प्राथमिकता के हो भन्ने विषय स्पष्टसँग खुलेको छैन । यसले गर्दा प्रधानमन्त्रीको भारत भ्रमणलाई देशभित्रै पनि शंकाको दृष्टिले हेरिएको छ ।

केही दिनअघि परराष्ट्रमन्त्री एनपी साउदले पनि पूर्व परराष्ट्र मन्त्री लगायतसँग प्रधानमन्त्रीको भारत भ्रमणबारे परामर्श गर्नुभएको थियो । त्यस बेलामा पनि सरकारको एजेन्डा के होरु प्राथमिकता के होरु भन्ने बारेमा कुनै छलफल नभएको परामर्शमा सहभागीहरूले बताए ।

परामर्शमा सहभागी तत्कालीन प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार समेत रहिसकेका कूटनीतिज्ञ डा। दिनेश भट्टराईले नेपाल समाचारपत्र सँग भन्नुभयो– ‘भ्रमणका क्रममा दुई पक्षबीच व्यापक छलफल हुने भनिएको छ ।

तर, के विषयमा हुने हो, परराष्ट्र मन्त्रीज्यूले हामीलाई भन्नुभएन । उहाँले केवल भ्रमणलाई सफल र फलदायी बनाउन के गर्नुपर्ला भनेर हाम्रो सुझाव माग्नुभयो । हामीले आफूले जाने बुझेअनुसार सुझाव दियौं ।’

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार ०७:४९