सूचनाको शक्ति - The Power Of Information

        

कोसीमा फेरि तनाव

कोसी प्रदेशसभामा फेरि तनाव उत्पन्न भएको छ ।

आइतबार कोसी प्रदेश सरकारले बजेट अधिवेशन सुरु गरेसँगै प्रदेशमा पहिचानवादीको आन्दोलनले फेरि तनाव उत्पन्न भएको हो ।

कोसी प्रदेशसभा भवननजिक विराटनगरको दोवकोटा चोकमा आइतबार प्रदर्शनकारी र सुरक्षाकर्मीबीच दोहोरो झडप हुँदा कम्तीमा ५० जना घाइते भएका छन् ।

प्रहरीका अनुसार अहिलेसम्म प्राप्त विवरणअनुसार सुरक्षाकर्मीतर्फ ३८ र आन्दोलनकारीतर्फ १२ जना घाइते भएका हुन् ।

प्रदेशको नाम कोसी खारेज हुनुपर्ने र ऐतिहासिक पहिचानका आधारमा पुनः नामांकन गरिनुपर्ने माग राख्दै पहिचान पक्षधरले प्रदेशसभा नजिकै उग्रप्रदर्शन गरेपछि दोहोरो झडप भएको हो ।

स्रोत :  राजधानी दैनिक
प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार ०७:४०