सूचनाको शक्ति - The Power Of Information

        

महिनावारी भएको कति दिनमा यौन सम्पर्क राख्दा गर्भ रहन्छ ?

महिनावारी भएको कति दिनमा यौन सम्पर्क राख्दा गर्भ रहन्छ ? वा कुन कुन सुरक्षित दिन हो ? भन्ने विषय एकीन गर्न गाह्रो छ । किन की महिलाको महिनावारी चक्र कति दिनको छ, यसले निर्धारण गर्छ । नियमित महिनावारी हुने र नहुनेमा यसले फरक अर्थ राख्छ ।

सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुन मुख्य रुपमा यौन सम्पर्क, वीर्य स्खलन, डिम्ब निषेचन र डिम्बरोपण जस्ता कुरा हुनु आवश्यक छ । महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । डिम्ब निष्कासन हुने समय नजिक गर्भ रहने सम्भावना बढी हुन्छ ।

शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको हुनु आवश्यक छ । डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४औं दिनतिर डिम्ब निस्कने भएकाले त्यतिबेला यौन सम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ ।

डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित काल मानिन्छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार ०७:२६