सूचनाको शक्ति - The Power Of Information

        

प्रदेशको नामलाई लिएर विराटनगरमा झडप

कोशी प्रदेशको नाम खारेजीको माग गर्दे प्रदर्शनमा उत्रिएका पहिचानवादी र प्रहरीबीच विराटनगरमा झडप भएको छ ।

बिराटनगरस्थित प्रदेशसभा भवन अगाडी प्रदेशको नाम खारेजीको माग राख्दै प्रदर्शनमा उत्रिएका पहिचानवादी र प्रहरीवीच ढुङ्गामुढा हुँदा दुर्वतर्फका गरी दर्जन बढी घाइते भएका छन् ।

प्रहरीले झडपको स्थिति नियन्त्रण गर्न पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेको छ । विरोधमा उत्रिएका ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । परिस्थिति नियन्त्रण बाहिर जान नदिन ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।

प्रदेशको नाम खारेजीको माग गर्दै बाहिर विरोध प्रर्दशन र झडप भईरहँदा भित्र भने कोशी प्रदेशसभा बैठक चलिरहेको छ । प्रदेशसभा बैठकमा सांसदहरुले आन्दोलनकारीसंग छलफल गर्न तत्काल वार्ता समिति बनाउन माग गरेका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतवार १७:५४