सूचनाको शक्ति - The Power Of Information

        

नेपाल प्रहरीमा डिएसपी बढुवा अनिश्चित

नेपाल प्रहरीमा डिएसपीका ४४ पद रिक्त भएको एकसाता भइसकेको छ । तर, प्रतिस्पर्धीबीचको रस्साकस्सीका कारण प्रक्रिया सुरु हुन सकेको छैन । ४४ पदको बढुवाका लागि १४४ जना इन्सपेक्टर प्रतिस्पर्धामा छन् ।

बढुवाका सबै प्रतिस्पर्धीहरु शक्तिकेन्द्र धाएर बढुवामा दबाब दिइरहेका छन् । जसकारण गृहमन्त्री र आइजिपीले बढुवाको सूची बनाउन सकेको छैनन् । आकर्षक पोष्टिङमा बसेर अकुत कमाएका इन्सपेक्टरहरु पैसाकै बलमा बढुवामा हुने प्रयासमा छन् ।

उनीहरुकै कारण पनि बढुवा लम्बिएको स्रोत बताउँछ । डिएसपी र एसपीमा बढुवा गर्दा वरियताकै आधारमा गरिएको थियो । तर,इन्सपेक्टरबाट डिएसपीमा भने बरियता कायम नहुने भएको छ । २०७० सालमा भर्ना भएको इन्सपेक्टरको टोली अहिले बढुवाको प्रतिस्पर्धामा छ ।

अर्काेतर्फ प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर शरणार्थी प्रकरणमा विवादमा परेकाले पनि बढुवामा ध्यान दिन पाएका छैनन् । उनले विगतमा सो प्रकरणका अभियुक्तलाई जोगाउँदै आएको पुष्टि भएपछि छानबिनको माग चलिरहेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतवार ११:४०