सूचनाको शक्ति - The Power Of Information

        

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

सरकारले हाल जेल जिवन विताइरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफरिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले यसबारे पत्रकार सम्मेलन आयाजना गर्दै चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिएका हुन् । सोमबार परेको गणतन्त्र दिवसका अवसरमा चौधरीलाई छाड्ने सरकारको योजना छ ।

यस्तै बैठकले हाल बन्दी जीवन विताइरहेका विभिन्न व्यक्तिहरुलाई पनि आममाफी र कैद मिनाहा हुने गरी सिफारिस गरेको छ । यसअघि जेठ १२ मा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको आममाफी सम्बन्धी प्रस्ताव गृह मन्त्रालयमा फिर्ता पठाएका थिए ।

चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले मन्त्रालयमा फाइल फिर्ता गरेको थियो । सोही फाइल गृहले मन्त्रिपरिषद्मा पठाएकामा आज फेरि राष्ट्रपति समक्ष नै सिफारिस भएको हो ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतवार ११:३८