सूचनाको शक्ति - The Power Of Information

        

चुरे भारतलाई बेच्ने तयारी

सरकारले कानुन बनाएर नीतिगत रुपमै नेपालको चुरे भारतलाई बेच्ने तयारी थालेको छ ।

सरकारले ऐन बनाएर चुरे भारतलाई सुम्पने तयारी गरेको दाबी जानकारहरुको छ ।

सरकारको नीति तथा कार्यक्रमको ४२ र ६१ नम्बर बुँदामा नदीजन्य ढुंगा, गिटी, बालुवा उत्खनन गरी निर्यात गर्ने उल्लेख छ ।

सरकारको नीति तथा कार्यक्रममा यी दुई बुँदा चुरे भारतलाई बिक्री गर्ने प्रमुख उद्देश्यका रुपमा राखेको चुरेका जानकार अथ्र्याउँछन् ।

चुरेका जानकार डा. विजय सिंहका अनुसार उल्लिखित दुई बुँदाको उद्देश्य नेपालको चुरे भारतलाई बेच्न सहज वातावरण बनाउनु हो ।

सिंहले सरकारले ऐन ल्याएरै चुरे भारतलाई बेच्ने खतरा भएको बताए । नेपालको ढुंगा, बालुवा भारतलाई बिक्री गर्ने गलत निर्णय सरकारले गर्दैछ, ‘उनले भने, यसरी बेचिने भनेको चुरे नै हो, चुरेलाई ऐन बनाएर बेच्ने दाउमा सरकार छ ।’

गत वर्ष पनि नेपालको ढुंगा बालुवा भारतलाई बिक्री गर्न सहज हुनेगरी सरकारले नीति तथा कार्यक्रम ल्याए पनि कार्यान्वयन भएन ।

स्रोत : नागरिक दैनिक
प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतवार ०७:५६