सूचनाको शक्ति - The Power Of Information

        

नेपाल काभा कपको तेस्रो स्थानका लागि भिड्दै

घरेलु टोली नेपालले काभा महिला भलिबल च्यालेन्ज कपको तेस्रो स्थानका लागि आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।

यी दुई टोलीबीचको खेल बिहान ११ बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सुरु हुनेछ।

कजाकस्तानसँग नेपाल पाँच सेटमा पराजित भएपछि फाइनलमा पुग्न असफल भएको थियो।

अर्को सेमिफाइनलमा भारतसँग उज्वेकिस्तान सोझो सेटमा पराजित भयो।

सेमिफाइनलमा पराजित टोलीबीच तेस्रो स्थानका लागि खेल हुन लागेको हो।​

काभा महिला भलिबलको उपाधिका लागि भने भारत र कजाकस्तान अपराह्न ४ बजे भिड्नेछन्।

प्रतियोगितामा ८ राष्ट्र सहभागी भएका थिए। जसमा श्रीलंका पाँचौँ, कीर्गिस्तान छैटौँ, माल्दिभ्स सातौँ र बंगलादेश आठौँ स्थानमा रहे।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतवार ०७:३६