सूचनाको शक्ति - The Power Of Information

        

मीन बिश्वकर्मा कांग्रेस प्रचार विभाग प्रमुखमा मनोनित

नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा मीन बिश्वकर्मा मनोनित हुनुभएको छ ।

कांग्रेस केन्द्रीय सदस्य समेत रहनु भएका पूर्व मन्त्री बिश्वकर्मालाइ सभापति शेर बहादुर देउवाले शुक्रबार प्रचार विभागमा मनोनित गर्नुभएको हो ।

यस अगाडी बाणिज्य मन्त्री, कांग्रेस संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी निर्वाह गरिसक्नु भएका बिश्वकर्मा दुईपटक समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य बन्नु भएको थियो ।

नेपाल दलित संघको केन्द्रीय सदस्य समेत रहनुभएका बिश्वकर्मा कांग्रेस सभापति देउवा निकट नेता मानिन्छन् । । देउवाले कांग्रेसको २८ वटा विभाग मध्य पहिलो पटक बिश्वकर्मालाइ प्रचार बिभाग प्रमुखमा मनोनित गरेका हुन् ।

बिश्वकर्माले पार्टीले दिएको जिम्मेवारी ईमान्दारीताका साथ निर्वाह गर्ने प्रतिक्रिया दिनुभयो । सामान्यतया पार्टी प्रवक्ता नै प्रचार विभाग प्रमुख रहने गरेकामा देउवाले यसपटक भने विश्वकर्मालाई प्रचार विभागमा ल्याउनु भएको छ ।

कांग्रेस प्रवक्ता भने अर्थमन्त्री समेत रहनु भएका डा. प्रकाशशरण महत हुनुहन्छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार १६:१८