सूचनाको शक्ति - The Power Of Information

        

नियमित दूध लगाउँदा बन्नेछ अनुहार चम्किलो

गर्मी वा चिसो दुवै मौसममा छालाको ख्याल राख्नुपर्छ । धेरै संवेदनशील छाला भएका मानिसहरूले आफ्नो छालामा बढी ध्यान दिनुपर्छ । त्यसैले मौसमलाई बिर्सनुहुँदैन ।

यसका लागि घरेलु उपचार उत्तम हुन्छ । आज हामी यस लेखमा तपाईँलाई दूधको प्रयोगको बारेमा बताउन गइरहेका छौं, जसले तपाईको अनुहारलाई चम्किलो राख्छ ।

  • यदि तपाईंले आफ्नो अनुहारमा दूध लगाउनुभयो भने, तपाई सन टेनिंगबाट छुटकारा पाउनुहुनेछ र घामवाट क्षतिग्रस्त भएका छालाको उपचारका लागि मद्यत पुग्नेछ । र, छालाको टोनिंगको लागि पनि दूध उपयुक्त हुन्छ ।
  • नियमित दुधको प्रयोगले मुहारको छालामा देखापरेका काला धब्बा हराउँदै जानेछ । र, साथै अनुहारको छालामा हुने चिपचिपाहट पनि कम हुदैँ जान्छ । यसले अनुहारमा जमेको धुलोलाई बाहिर निकाल्न मद्दत गर्छ ।
  • एक चम्चा दूध, एक चम्चा एलोभेरा जेल र एक चम्चा मह मिसाएर अनुहारमा लगाउनाले तपाईंको खुला छिद्रहरू कडा बनाउँछ ।
  • तपाईं दूधलाई मोइस्चराइजरको रूपमा पनि प्रयोग गर्न सक्नुहुन्छ । केवल आफ्नो अनुहारमा कपास लगाउनुहोस् र १० मिनेटको पछि सफा पानीले धनुहोस, तपाईंले आफ्नो अनुहारमा फरक चमक पाउनु हुनेछ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार ०६:४४