सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० जेठ १२ गते शुक्रवारको राशिफल

२०८० जेठ १२ गते शुक्रवार, २६ मे २०२३ । ज्येष्ठ शुक्लपक्ष सप्तमी तिथि । अश्लेषा नक्षत्र, १९ः३४ बजेपछि मघा । चन्द्रराशि– कर्कट १९ः३४ बजेपछि सिंह ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

परिस्थिति अनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ । हतारको निर्णयले काम बिग्रन सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला । मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला । आफन्तको सहयोगले काम बनाउन सकिनेछ । व्यावहारिक समस्याले सताए पनि सामाजिक कार्यले हौसला प्रदान गर्नेछ । साँझतिर स्वास्थ्य कमजोर रहनेछ, खानपानमा सजग रहनुहोला ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । साँझतिर साथीभाइसँग केही सन्तुलित व्यवहार गर्नुपर्ला । बेसुरमा काम गर्ने बानीले समस्या पर्न सक्छ । शुभचिन्तकहरूको सहयोगले काम बन्नेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

बौद्धिक क्षमतामा निखारता आउनेछ । बुद्धिको उपयोगले ठूलै काम पनि सम्पादन हुनेछ । सहयोगीहरूले साथ दिनेछन् । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ । साँझतिर केही अवसर प्राप्त भए पनि सहयोगीहरूसँग केही असमझदारी बढ्नेछ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ । साँझतिर पढाइलेखाइमा राम्रो प्रगति हुनेछ । सेवामूलक कामबाट मनग्य धनलाभ हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । अरूको विश्वास गर्दा धोका पाइनेछ । बसाइको स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ । साँझतिर तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

श्रम परे पनि राम्रो परिणाम प्राप्त हुनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । उद्योग र व्यापारमा फाइदा उठाउन सकिनेछ । जिम्मेवारी पनि बढिरहनेछन् तर काममा अरूको मुख ताक्नाले पछि परिनेछ । प्रतिफल हातपार्न केही समय लाग्नेछ । महत्त्वपूर्ण काम बीचमा रोकिन सक्छ । साँझतिर आफ्नो लाभांश अरूका लागि पनि खर्चनुपर्ने हुन सक्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्दा मानसम्मानमा आघात पुग्न सक्छ । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ । अरूका काममा धेरै समय खर्चनुपर्ला । विगतका समस्या बल्झिन सक्छन् । तापनि उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । साँझतिर व्यवसायमा विशेष फाइदा हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ । चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन् । टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ । समुदायको हितमा विशेष काम गर्न सकिनेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ । र, साँझतिर नयाँ काम थालनी गर्न सकिनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सामान्य काममा धन र श्रम खर्चनुपर्ला । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ । सहयोगीहरू पछि हट्नेछन् भने आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । समयमै सावधान हुँदा क्षति कम हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

घुमफिर तथा मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । तर भौतिक साधन बिग्रनाले खर्च बढ्न सक्छ । निम्तो आए पनि आतिथ्य खर्चिलो रहनेछ । आफन्तसँग सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला । विवादास्पद काममा हात हाल्दा आलोचित बन्नुपर्ला । साँझतिर स्वास्थ्यमा कमजोरी र काममा चुनौतीको समय रहनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

अप्ठ्यारा परिस्थितिलाई सहज बनाउने समय छ । रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ । द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन् । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने योजना शुभारम्भ हुनेछ । साँझतिर बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । आफन्तले पनि उत्साह जगाउनेछन् ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मिहिनेतले विभिन्न अवसर दिलाउनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ ।अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यापार र पेसामा राम्रै फाइदा हुनेछ । बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ । साँझतिर केही विवादास्पद काम गर्नुपर्ला । फजुल खर्च पनि बढ्न सक्छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार ०६:११