सूचनाको शक्ति - The Power Of Information

        

राैतहटमा ७० वर्षीय वृद्धकाे गाेली हानी हत्या

राैतहटकाे देवाही गोनाही नगरपालिका-१ करुनियामा एक वृद्धकाे गोली हानी हत्या गरिएको छ । गाेली हानेर ७० वर्षीय शेख तैयबको हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हाे ।

गएराति १२ बजेसम्म घरमै रहेका तैयबलाई कसले गोली हान्याे भन्नेबारे यकिन नभएकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार तैयबको शव घरबाट करिब एक किलोमिटर टाढा भेटिएको हाे ।

प्रादेशिक अस्पताल गौरमा उहाँकाे शव परीक्षण गरी परिवारको जिम्मा लगाइएको तथा घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताउनुभयो ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहीबार १८:३०