नेपाली कांग्रेस सस्थापनइतर पक्षले बिहीबारबाट रुपान्तरण अभियानको सुरु गरेको छ ।
जनकपुरबाट सुरु अभियानमा कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य, नेताहरु जनदिश्वनर सिंह केसी, भुपेन्द्रजंग शाही, गुरु घिमिरे लगायत नेता सहभागी छन् ।
पार्टीे विधान अनुरुप नचलेको भन्दै सुधार गर्नुपर्ने विषयमा जिल्ला तथा स्थानीय तहका नेताहरुसंग सुझाव संकलनका लागि अभियान चलाइएको नेताहरुले बताएका छन् । उनीहरुले सुझाव संकलनपछि थप कार्यक्रम अघि बढाइने बताएका हुन् ।
अभियानको दोस्रो कार्यक्रम जेठ १६ गते काठमाडौंमा हुने छ । यस्तै, जेठ २० गते गण्डकीको पोखरामा, लुम्बिनीको दाङमा जेठ २२ गते, कर्णालीको सुर्खेतमा जेठ २४ गते, सुदुरपश्चिमको धनगढीमा जेठ २६ गते र कोशीको इटहरुमा जेठ २८ रुपान्तरण अभियान कार्यक्रम गरिने भएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ