सूचनाको शक्ति - The Power Of Information

        

फोक्सो क्यान्सरका कारण र लक्षण, कसरी बच्ने ?

फोक्सो क्यान्सर महिला र पुरुष दुवैमा मृत्युको प्रमुख कारण बन्दै आएको छ । जब फोक्सोका कोषहरुको असामान्य वृद्धि भएर तिनले आफ्नो चरित्रमा परिवर्तन ल्याउँछन् तब फोक्सो क्यान्सरको सुरुवात हुन्छ ।

फोक्सो क्यान्सर हुनुको कारण के हो ? यसबाट कसरी बच्ने ? लगायतको विषयमा अंकोलोजिष्ट डा. सुस्मिता शर्माको सुझाव यस्तो छ,

कारण

  • फोक्सोमा क्यान्सर हुने कारण धेरै छन्  । यद्यपि, धुम्रपान, प्रदुषित वायु, बाहिर जथाभाबी राखिएका खानेकुरा आदिको सेवनले क्यान्सर हुने गर्छ ।
  • अध्ययनअनुसार धूम्रपान तथा सुर्तीजन्य चिजहरूमा हुने निकोटिन, सल्फर डाइअक्साइड, कार्बन, नाइट्रोजन अक्साइडजस्ता पदार्थका कारणले क्यान्सर हुन्छ ।
  • विषादी प्रयोगबाट पनि क्यान्सर हुने गर्छ । वायुमा हुने क्यान्सरजन्य वस्तुको सम्पर्कबाट पनि यो रोग लाग्छ ।

लक्षणहरू

  • लामो समयदेखि सुख्खा अथवा खकार आउने खोकी लाग्नु प्रमुख लक्षण हो ।
  • खकारमा रगत वा रगतका छिटा देखिने मुख्य कारण क्षयरोग हो ।
  • बिरामीलाई सास फेर्न गाह्रो हुनु र केही सामान्य काम गर्दा पनि स्वाँ स्वाँ हुनु ।
  • छातीमा केही अप्ठ्यारो भएजस्तो वा दुखेको छ भने पनि डाक्टरी जाँच गराउन जरुरी हुन्छ ।

रोकथाम र उपचार

  • धूम्रपान, अस्वस्थ खानपान र प्रदूषणबाट जोगिन सकेमा फोक्सोको क्यान्सरबाट बच्न सकिन्छ ।
  • कम्तिमा पनि वर्षमा एकपटक स्वस्थ्य जाँच गराउने ।
  • रोगको लक्षण देखिने बित्तिकै तुरुन्त सम्बन्धित चिकित्सकसँग सल्लाह लिने ।
  • फोक्सोको क्यान्सरको लक्षण टिभीसँग मिल्ने भएकोले धेरै जना लामो समयसम्म टिभीको उपचार गरेर बस्छन् । त्यसैले खोकी लागिरहने, खकारमा रगत देखिने जस्ता लक्षणहरु देखियो भने क्यान्सरको पनि जाँच गर्ने ।
  • क्यान्सरको स्टेजको आधारमा शल्यक्रिया, रेडियोथेरापी र किमोथेरापी आदिको माध्यमबाट उपचार गर्न सकिन्छ ।
  • यसरी पहिलो र दोस्रो स्टेजको बिरामीलाई शल्यक्रियाबाट उपचार गर्न सकिन्छ । तेस्रो र चौथो स्टेजका बिरामीका लागि किमोथेरापी र रेडियोथेरापीको माध्यम अपनाउनुपर्छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहीबार १५:०५