सूचनाको शक्ति - The Power Of Information

        

कपाल झर्न रोक्ने पाँच प्राकृतिक उपाय

तपाईंलाई कपाल झर्ने समस्याले दुःखी बनाएको छ भने चिन्ता नलिनुहोस् किनकि अब प्राकृतिक विधिबाट पनि कपाल झर्ने समस्यालाई धेरै हदसम्म कम गर्न सकिन्छ ।

कहिलेकाहीँ कपाल झर्ने समस्याले आत्मविश्वासलाई कम गर्छ । आफ्नो आत्मविश्वास पुनः प्राप्त गर्न, कपाल झर्न रोक्न घरमै यो प्राकृतिक उपाय गर्न सक्नुहुन्छ । कपाल झर्ने समस्याबाट छुटकारा पाउने केही घरेलु उपाय यस प्रकार छ :

तोरीको तेलले मालिस

यदि तपाई कपाल झर्ने समस्याबाट हैरान हुनुहुन्छ भने टाउकोमा नियमित तेल मसाज गर्नुहोस् । यसो गर्दा कपालको फोलिकल्स सक्रिय हुन्छ र कपालको वृद्धि फेरि सक्रिय हुन्छ ।

प्याजको रस

कपाल छिटो बढ्नका लागि प्याजको रस निकै फाइदाजनक हुन्छ । यति मात्र होइन, प्याजको रसले कपाल झर्ने समस्या पनि कम गर्छ । प्याजको रस दुर्गन्धित हुन सक्छ तर यसको धेरै फाइदाहरू छन् । यसको प्रयोगले कपाल झर्न कम हुनुको साथै नयाँ कपाल उम्रन थाल्छ ।

कागतीको रस

टाउकोको विभिन्न समस्याबाट छुटकारा पाउन टाउकोमा ताजा कागतीको रस पनि लगाउन सक्नुहुन्छ । यसलाई नरिवलको तेलमा मिसाएर लगाउनुहोस् । नरिवलको तेलमा कागतीको रस मिसाएर लगाउँदा एकदमै राम्रो नतिजा मिल्छ र टाउकोको कपाल झर्ने समस्या पनि कम हुन्छ ।

माछाको तेल

माछाको तेल पनि टाउकोमा कपाल बढाउनको लागि सजिलो तरिका हो । माछाको तेलमा ओमेगा फ्याटी एसिड हुन्छ, जसले कपाल बढाउन मद्दत गर्छ र राम्रो नतिजा दिन्छ ।

घ्यु कुमारी

कपाल झर्ने समस्याबाट छुट्कारा पाउन महँगो उत्पादनहरूमा पैसा खर्च गर्नुपर्दैन । दैनिक ताजा एलोभेरा स्टिकबाट केही ताजा एलोवेरा जेल लिनुहोस् र यसलाई आफ्नो टाउकोमा लगाउनुहोस् । एक घण्टापछि यसलाई धुनुहोस् । कपाल झर्न रोक्ने यो सबैभन्दा सस्तो औषधि हो ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहीबार १५:०१