सूचनाको शक्ति - The Power Of Information

        

सुन्दर छालाको लागि उपयोगी टमाटर

पछिल्लो समय जसरी मानिसको जीवनशैली बिग्रिएको छ, त्यसको प्रत्यक्ष असर उनीहरूको शरीरमा परेको छ । बाहिरबाट आएका खानेकुराका कारण मानिसको अनुहार र छालासँग सम्बन्धित धेरै प्रकारका समस्याहरू आउन थालेका छन् ।

जसबाट छुटकारा पाउन मानिसहरू पार्लरमा गएर हजारौँ रुपैयाँ खर्च गर्छन् । तर, के तपाईँलाई थाहा छ केही यस्ता कुराहरू छन् जसको प्रयोग गरेर तपाई घरमै सुन्दर छाला पाउन सक्नुहुन्छ । यी चीजहरूमा टमाटर पनि समावेश छ । वास्तवमा, टमाटर यस्तो तत्त्व हो, जुन हरेक घरमा प्रयोग गरिन्छ ।

यसको प्रयोगले खानाको स्वाद धेरै गुणा बढाउँछ । यसमा पाइने भिटामिन सी र लाइकोपीनले छालाको रङ निखार्न काम गर्छ । यसै कारण आज हामी तपाईँलाई टमाटरको प्रयोग गर्ने केही यस्ता उपायहरू बताउनेछौ जसको मद्दतले तपाईँको अनुहार अझ सुन्दर देखिनेछ । तपाईँले आफ्नो छाला हेरचाहमा यी विधिहरू समावेश गर्न सक्नुहुन्छ ।

टमाटर आइस क्यूब्स बनाउनुहोस्

टमाटरको आइस क्यूब बनाउनको लागि टमाटरको जुस आइस ट्रेमा हाल्नुहोस् र फ्रिज गर्नुहोस् । एक क्यूबलाई नरम कपडामा बेरेर अनुहारमा दैनिक मसाज गर्नुहोस् । यसले तपाईँको छालालाई टाइट राख्छ र छालाको चमक कायम राख्छ ।

टमाटरको टुक्रा अनुहारमा लगाउन सकिन्छ

यदि तपाईँ आफ्नो छालालाई अझ सुन्दर बनाउन टमाटरलाई सरल तरिकाले प्रयोग गर्न चाहनुहुन्छ भने टमाटरलाई टुक्रा–टुक्रामा काटेर छालामा रगड्नुहोस् । १५–२० मिनेटपछि पानीले धुनुहोस् । बस तपाईँको अनुहार चम्किलो हुन थाल्छ ।

टमाटरबाट स्लिप ब्युटी प्याक बनाउन सकिन्छ

यदि तपाईँ दिनभरि काममा व्यस्त हुनुहुन्छ भने, तपाईँ रातमा टमाटरको मद्दतले स्लिप प्याक तयार गर्न सक्नुहुन्छ । यसका लागि एउटा कचौरामा टमाटरको रस लिनुहोस् । अब यसमा भिटामिन इको एक क्याप्सुल र एक चम्चा एलोभेरा जेल हालेर राम्ररी मिलाउनुहोस् । अनुहार सफा गर्नुहोस् र यो पेस्ट लगाउनुहोस् । रातभर यतिकै छोड्नुहोस् । अर्को बिहान यसलाई धुनुहोस् ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहीबार १४:५७