सूचनाको शक्ति - The Power Of Information

        

आफ्नो सिमाभित्र छिरेका सशस्त्र समूहलाई परास्त गरेको रुसको घोषणा

रुसले युक्रेनबाट आफ्नो देशमा छिरेको सशस्त्र समुहलाई परास्त गरेको घोषणा गरेको छ ।

युक्रेनबाट प्रवेश गरेको भनिएका सशस्त्र बिद्रोहीहरुलाई बेलगोरोडमा परास्त गरेको भन्दै रुसले दाबी गरेको हो ।

रुसले बेलगोरोद क्षेत्रका गाउँहरू खाली गराएर सशस्त्र समूहविरुद्ध प्रतिआतंकवादी कारबाही गरेको थियो । त्यस क्रममा कम्तिमा ७० जना सशस्त्र बिद्रोही मारिएको रुसले जनाएको छ ।

युक्रेनले ती सशस्त्र बिद्रोहीहरु युक्रेनबाट प्रवेश नगरेको दाबी गरेको छ भने, अमेरिकाले पनि रुसी सीमाभित्र प्रवेश गरेका सशस्त्र समूहसँग अमेरिकाको सम्बन्ध नरहेको बताएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले आक्रमणमा अमेरिकी हतियार प्रयोग गरिएको भन्ने विषयमा जाँचबुझ भईरहेको बताउनुभयो ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार ०८:४९