सूचनाको शक्ति - The Power Of Information

        

ऋण चुक्ता गर्न ७० वटा सहकारीलाई स्वरोजगार कोषको ३५ दिने सूचना

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले थोक कर्जा सम्झौता गरी लिएको ऋण चुक्ता गर्न ७० वटा सहकारीलाई सूचित गरेको छ ।

आज सार्वजनिक सूचना निकालेर कोषले कोषलाई बुझाउनुपर्ने साँवा, ब्याज र हर्जानासहितको सम्पूर्ण रकम ३५ दिनभित्र बुझाउन आग्रह गरेको हो ।

कोषले तोकिएको समयमा रकम नबुझाएमा संस्थाका सञ्चालक समिति, लेखा समिति एवम् कर्जा उप–समितिको तीनपुस्ते विवरणसहित रकम असुलीको लागि कालोसूचीमा राख्ने चेतावनी दिएको छ ।

ऋण चुक्ता गर्नुपर्ने गरी कोषले निकालेको विवरण अनुसार सबैभन्दा धेरै कर्णाली प्रदेशका २८ वटा सहकारी रहेका छन् ।

त्यस्तै कोशी प्रदेशका १४, मधेस प्रदेशका ११, बाग्मतीका १०, लुम्बिनीका ४ र सुदूरपश्चिम प्रदेशका ३ वटा सहकारी छन् ।

सात प्रदेशमध्ये गण्डकीमा सञ्चालनमा रहेका सहकारी यो सूचीमा परेका छैनन् ।

थोक कर्जा तिर्न बाँकी सहकारीमध्ये रकम बुझाइ हिसाब मिलान गर्न बाँकी भएमा कोषको सचिवालयमा आवश्यक भौचरसहित हिसाब मिलान गर्न पनि कोषले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार ०८:३७