सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित

राष्ट्रिय सभाको बैठकले सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित गरेको छ ।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकबाट सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित भएको हो ।

जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । जसलाई राष्ट्रिय सभाको मंगलबारको बैठकले बहुमतले पारित गरेको हो ।

नीति तथा कार्यक्रम पारित गर्नुपूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो । साथै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नीति तथा कार्यक्रममा संशोधन हाल्ने सांसदहरुलाई आफ्नो संशोधन प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभएको थियो ।

राष्ट्रिय सभाको अर्को बैठक जेठ १४ गते १ बजेर १ मिनेटका लागि बोलाइएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १७:५४