सूचनाको शक्ति - The Power Of Information

        

ग्राभेल चोर्ने दुई वटा टिप्पर र जेसिभी प्रहरीको नियन्त्रणमा

सोमवार राती राप्तीसोनारी वडा न. ३ बाट ग्रभेल चोर्दै गरेको अवस्थामा प्रहरीले २ वटा टिप्पर र १ वटा जेसिभी नियन्त्रणमा लिएको छ ।

मध्यरातमा राप्ती नदीबाट उत्खन्न गरेर ग्रावेल चोरी गर्ने रा १ क १०९५, रा १ क १०९६ नम्बरको टिप्पर र भे १ प १९३८ नम्बरको जेसीभी नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज प्रहरी नायव निरिक्षक प्रविण डाँगीले जानकारी दिए ।

स्थानीय युवाहरुको सक्रियतामा पक्राउ गरिएको जानकारी दिँदै इन्चार्ज डाँगीले कारवाहीका लागि राप्ती सोनारी गाउँपालिकाको कार्यालयमा पठाइने जनाए ।

स्थानीय केहि ठेकेदारहरुले अगैयादेखि लटनियासम्म निर्माण हुँदै गरेको खड्का निर्माण सेवाको साइडमा ग्राभेल बोक्न लागेको स्थानीय युवाहरुले जनाएका छन् ।

पक्राउ परेको टिप्पर र जेसीभि राप्ती सोनारी ३ सिनाबाजमा तटबन्धको काम गर्दै गरेको भाग्य लक्ष्मी मामा जेभीको रहेको खुलेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १७:४९