सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जको कारकादौंमा साना सिँचाई

 नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दिपक वर्माले पहिलो कार्यकालमा सडक तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिएका थिए ।

दोश्रो कार्यकालमा भने वर्माले भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य र कृषिलाई पनि प्राथमिकता दिएका छन् । शैक्षिक सुधार र स्वास्थ्य सुधारमा अग्रसरता देखाएर बजेट विनियोजन गरेका वर्माले कृषितर्फ साना सिँचाईमा जोड दिएका छन् ।

साना सिँचाई अन्तर्गत विभिन्न गाउँटोलमा समरसेल, ट्युवेल गाड्ने काम भईरहेको छ । नमूनावस्ती र आसपासका टोलमा ३ वटा समरसेल जडान भई किसानले सिँचाई सुरु गरिसकेको अध्यक्ष वर्माले बताए । यसैगरी भुजईगाउँ र कारकादौंमा पनि यसैगरी समरसेल जडान गरिने भएको छ ।

कारकादौंमा खेतीयोग्य जमिन घरबासमा बढि प्रयोग भईरहेकोमा साना सिँचाईका माध्यमबाट त्यसलाई रोकन सकिने वर्माको बिश्वास रहेको छ । वडा सदस्य दिग्विजय ढुंगानाले अहिले पनि जनताको पहिलो माग भौतिक पूर्वाधार विकास भएपनि वडा कार्यालयले भौतिकसँगै अन्य कामलाई पनि प्राथमिकता दिँदै आएको बताए ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १७:४७