सूचनाको शक्ति - The Power Of Information

        

ल्याबमा बच्चा जन्माउने ट्रेन्ड बढ्दै

परम्परागत रुपमा यौनको अर्थ केवल बच्चा पैदा गर्नु र वंशलाई निरन्तरता दिनुमा सीमित थियो । तर, विज्ञानले यसमा छलाङ मारेको छ । अब यौन सम्पर्क नगरी पनि बच्चा पैदा गर्न सकिन्छ । आइभिएफ र टेस्ट ट्युबको माध्यामबाट यो काम फत्ते गर्न सम्भव छ ।

विश्वकै पहिलो टेस्ट ट्युब बेबी सन् १९७८ मा पैदा भएको थियो । त्यसपछि अहिलेसम्म करिब ८० लाख बच्चा यही प्रविधिबाट धर्तीमा आएका छन् । रिसर्चलाई मान्ने हो भने यस किसिमको प्रविधि अपनाएर बच्चा पैदा गर्ने क्रम भविष्यमा अरु तिब्र भएर जानेछ ।

लेखक हेनरी टी ग्रीली भन्छन्, ‘अबको २० देखि ४० बर्षसम्म उमेरका जोडीले ल्याबमा गर्भधारण गर्न रुचाउँछन् । उनीहरु सेक्स बच्चा जन्माउन नभई आनन्द र रमाइलो लागि गर्नेछन् ।’ यदि यौन सम्पर्क बिना नै बच्चा पैदा हुन थाल्यो भने यौनको जरुरत किन ?

यौन खासमा दम्पतीकोे यौन सुखभोगका लागि हो । दुबैको सम्बन्ध अरु कसिलो बनाउनका लागि हो । यदि शारीरिक सुखका लागि महिला र पुरुषले सुरक्षित अनि स्वस्थ हिसाबले यौन सम्बन्ध राख्छ भने त्यो न घृणाको विषय हो, न लाजको नै ।

ग्रीसका विख्यात दाशर्निकले यस विषयमा भनेका छन्, प्रेम कामुक इच्छाको अन्त्य हो । यदि दुई व्यक्तिबीच प्रेम छ भने उनीहरुको मुकाम शारीरिक सम्बन्ध बनाउनेसम्म हुन्छ । अर्थात एकअर्काको प्रेम पाउने माध्याम हो यो ।

हुनसक्छ, जतिबेला मान्छेले यौन सुरु गरे त्यसबेला शारीरिक आवश्यक्ता पुरा गर्नका लागि मात्र गरे । यौन सम्पर्क पछि बच्चाहरु पैदा हुन थाले । अनि यो पारिवारिक सम्बन्धकै एउटा कडी बन्यो । तर, अहिलेको समाज पूर्ण रुपमा बद्लिएको छ । अहिले यौन सम्बन्धलाई आयआर्जनको माध्याम पनि बनाउने गरेका छन् । कतिपय पेशेवर यौनकर्मी छन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १३:५७