सूचनाको शक्ति - The Power Of Information

        

बदिलँदै मान्छेको यौन व्यवहार

अनौठो मान्नुपर्छ, यौनको कुरा मान्छेलाई निकै चाखलाग्दो लाग्छ । तर, त्यही विषयमा कुरा गर्न मान्छे लजाउँछन्, डराउँछन् । पुरुषहरु त आपसी भेटमा यौनका विषयमा कुरा गर्छन् । तर, महिलाहरु ?

महिलाहरुलाई यौनको विषयमा खुलेर कुरा गर्न छुट दिइँदैन । जब उनीहरुले यस्ता कुरा गर्छन् उनीहरुप्रति नै खराब दृष्टिकोण राख्ने गरिन्छ । अनेक आशंका गर्न थालिन्छ । नराम्रो केटीको रुपमा चित्रण गरिन्छ ।

यहि कारण यौनको कुरामा महिलाहरु मौन रहन्छन् । बरु प्राचिन समयमा यौनप्रति यस्तो संकुचन र संकिर्णता थिएन । सदियौंअघि नै वात्स्यायनले ‘कामसूत्र’ जस्तो गन्थ्र नै लेखे, यौनका विषयमा ।

त्यसमा यौन जीवनको महत्व मात्र दर्शाइएन यौनबाट कसरी चरम सुखको भोग गर्ने र त्यसका लागि के कस्ता आसनहरु प्रयोग गर्ने भन्नेसम्म खुलाइयो । धेरै टाढा पुग्नै पर्दैन, हाम्रा कतिपय मठ मन्दिरको टुँडालमा समेत यौन आकृतिहरु कुँदिएका छन् ।

तर, समय जति–जति अघि बढ्दै गयो, समाज यौनको विषयलाई लिएर खुम्चदै गयो । यौनलाई ‘छाडापन’को रुपमा मात्र बुझ्न थाल्यो । महिला र पुरुषबीचको यौन सम्बन्धलाई कर्के नजर लगाइयो । तर, अब भने यौनको विषयमा ठूलो परिवर्तन आउँदैछ । यस्तो परिवर्तन जो क्रान्तिकारी छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १३:४९