सूचनाको शक्ति - The Power Of Information

        

काभा महिला च्यालेन्ज कप भलिबलमा आज नेपालले बंगलादेशसँग खेल्ने

काभा महिला च्यालेन्ज कप भलिबलमा मंगलबार नेपालले बंगलादेशको सामना गर्दैछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा जारी प्रतियोगितामा नेपालको खेल दिउसो ३ बजे सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो दिन सोमबार किर्गिस्तानमाथि ३–० सोझो सेटमा जित निकालेको नेपाल मंगलबार पनि सोही लय दोहो¥याउन चाहन्छ । सोमबार नेपालले किर्गिस्तानलाई २५–११, २५–१९ र २५–११ ले हराएको हो ।

८ टोली सहभागि प्रतियोगिताको समुह ‘ए’ मा नेपाल, किर्गीस्तान, बंगलादेश र भारत रहेका छन् । अर्को समुहमा उज्वेकिस्तान, काजखस्तान, माल्दीभ्स र श्रीलंका रहेका छन् ।

समुहका शिर्ष दुई टोली सेमीफाइनलमा पुग्नेछन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार ०८:२५