सूचनाको शक्ति - The Power Of Information

        

सफा हिमाल अभियानका शेर्पासहित तीन आरोहीको मृत्यु

सफा हिमाल अभियानकर्ता आङकाजी शेर्पासहित तीन आरोहीको दुःखद निधन भएको छ ।

सफा हिमाल अभियान– २०२३ का सरदारसमेत रहेको शेर्पाका सोमवार निधन भएको हो । उनी विगत तीन वर्षदेखि सफा हिमाल अभियानमा नेतृत्वदायी भूमिकामा थिए ।

ओखलढुङ्गा निवासी शेर्पा सगरमाथाको बेस क्याम्प–२ मा क्याम्प म्यानेजरको भूमिकामा रहँदै गर्दा उनी अचेत हुन पुगेका थिए । सफाइ अभियानमा प्रयोग गरिएका सामानहरू फिर्ता गर्ने तयारी गर्दै गर्दा अचेत अवस्थामा पुगेका शेर्पाको निधन हुन पुगेको नेपाली सेनाले जनाएको छ ।

उनको पार्थिव शरीरलाई जेठ ८ गते नेपाली सेनाको हेलिकोप्टरद्वारा लुक्लाबाट काठमाडौं ल्याइ पोष्टमार्टम गरी परिवारजनलाई बुझाइएको छ ।

उनीसहित निधन भएका थप दुई शेर्पाको पार्थिव शरीर पनि परिवारजनलाई बुझाइएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार ०७:५२