सूचनाको शक्ति - The Power Of Information

        

जीमेलमा अनावश्यक इमेल आएर हैरान हुनुहुन्छ ?

जीमेल हामीले दैनिक आफ्नो जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । यो एक निःशुल्क अनलाइन इमेल सेवा हो । जीमेलका कारण इमेल पठाउन र पाउन सजिलो भएको छ ।

कुनै पनि सूचना पठाउन र पाउन जीमेल सजिलो माध्यम भए पनि कहिलेकाँही नचाहिने वा अनावश्यक इमेलहरू आएर हामीलाई हैरान पारिरहेको हुन्छ ।

तर के तपाईलाई थाहा छ जीमेलमा आउने अनावश्य इमेललाई ब्लक गर्न सकिन्छ ? यदी थाहा छैन् भने आज हामी तपाईलाई जानकारी दिदैछौं ।

यसका लागि सुरूमा कम्प्यूटर वा स्मार्टफोनबाट आफ्नो जीमेल अकाउन्टमा जानुहोस् । अब तपाईलाई अनावश्यक सूचना पठाउनेको इमेल खोल्नुहोस् ।

यति गरेपछि तीन ओटा थोप्ला भएको मेन्युमा क्लिक गर्नुहोस् । त्यहाँ रहेको ड्रपडाउन मेन्युबाट ब्लक अप्सनलाई छनोट गर्नुहोस् । ब्लक गरेपछि अनावश्यक इमेलबाट मुक्त हुन सकिनेछ ।

यो प्रक्रियालाई प्रयोग गरेर कसैलाई झुक्किएर ब्लक गरिएको छ भने पनि अनब्लक गर्न सकिन्छ । कुनै ठाउँबाट धेरै न्यूजलेटर वा प्रोमेसन आइरहेको छ भने पनि त्यस्तो इमेल खोलेर अन सब्सक्राइब गर्न सकिन्छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार ०६:३८