सूचनाको शक्ति - The Power Of Information

        

एसपीका नाममा तीन लाख ४० हजार असुली

वीरगञ्जका एक व्यक्तिले आफैं पक्राउ गर्न लगाएर मुद्दा मिलाइदिने भन्दै आफैं पैसा असुलेको खुलेको छ । पर्साको पकाहामैनपुर १ धोरे का मनिष यादबले यस्तो दोहोरो भूमिका खेलेका हुन् ।

गत २६ बैशाखमा प्रहरीले वीरगञ्ज र बिन्ध्यवाशिनी गाउँपालिकाको बीचमा पर्ने तिलावे पुल ईलाकाबाट १२ लाख रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गराएका थिए । अवैध रकम भन्दै पक्राउ गराइएको थियो ।

पछि यादबले एसपीलाई चिनेकाले छुटाइदिने भन्दै पक्राउ परेका व्यक्तिको परिवारसँग तीन लाख ४० हजार रुपैयाँ लिएका थिए । तर, छुटाउन सकेनन् । अर्का फारुक मियाँसहित मनिष यतीबेला आफैं पक्राउ परेका छन् ।

पोखरियाका इन्सपेक्टरसँग समेत मिलेर उनले यसरी पैसा असुलेको स्रोत बताउँछ । पर्साका एसपी कोमल शाहलाई बुझाउने भन्दै उनले सो पैसा उठाएका थिए । अर्काेतर्फ प्रहरीले सार्वजनिक अपराध मुद्दा मात्र अगाडी बढाएपछि यसमा प्रहरीकै मिलेमतोको आशंका बलियो भएको छ । यादब पहिलेदेखि नै बिचौलिया धन्दामा संलग्न छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार ०६:२६