सूचनाको शक्ति - The Power Of Information

        

पासाङ दावा शेर्पाले गरे २७ औं पटक सगरमाथा आरोहण

विख्यात आरोही पासाङ दावा शेर्पा २७ औं पटक सगरमाथा चुचुरोमा पुगेका छन् । पर्यटन विभागका अनुसार उनले सोमबार गरेको सफल आरोहणसँगै अर्का विख्यात आरोही कामिरिता शेर्पासँगको कीर्तिमान बराबरी भएको छ ।

कामिरिताले समेत यसै सिजनमा २७ औं पटक सगरमाथाको सफल आरोहण गरी कीर्तिमान राखेका थिए । पासाङ खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नं ४ का स्थानीय हुन् ।

कामिरिताले यसै सिजनमा दोस्रो पटक र समग्रमा २८ औंं पटक सगरमाथाको आरोहण गरी कीर्तिमान राख्ने तयारीमा छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार १७:५६