सूचनाको शक्ति - The Power Of Information

        

सामूहिक बलात्कारको आरोपमा दुई युवक पक्राउ

बर्दियामा १९ वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा २ जना युवक पक्राउ परेका छन् ।

आइतबार बेलुकी ललाई फकाई गरेर किशोरीलाई मध्यवर्ती क्षेत्रको जंगलमा लगी बलात्कार गरी फरार भएका युवालाई प्रहरीले गएराति नै पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका-६ तुल्सीपुरका २० वर्षीय नवराज परियार र सोही ठाँउकै २४ वर्षीय विनोद परियार रहेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी डीएसपी हिक्मत बहादुर बोहोराले जानकारी दिनुभयो ।

बोहोराका अनुसार २ युवकले किशोरीलाई भे १० प ५५२ नम्बरको मोटसाइकलमा हालेर ठाकुरवावा-७ स्थित बठनपुरको जंगलको छेउमा रहेको मचानमा जबर्जस्ती करणी गरेको अनुसन्धानवाट खुलेको छ ।

घटनाको जानकारी पाउनासाथ राति नै प्रहरीले बलात्कार आरोपीलाई गाउँबाटै पक्राउ गरेको हो ।

प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार १७:४५