सूचनाको शक्ति - The Power Of Information

        

विषयगत शिक्षक माग गर्दै बैजनाथमा विद्यार्थी आन्दोलित

 बैजनाथ गाउँपालिका वडा नं.३ स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरु आन्दोलित भएका छन् । विगत ६ महिनादेखि विषयगत शिक्षक नहुँदा उनीहरु आन्दोलित भएका हुन् ।

शिक्षक नियुक्तिमा चरम राजनितिक भएका कारण उक्त विद्यालयमा शिक्षक नियुक्ति हुन सकेको छैन । नेकपा एमाले निकट अनेरास्ववियुले उक्त विद्यालयमा शिक्षक नियुक्तीमा राजनीति बन्द गर्न तथा तत्काल शिक्षक नियुक्ती गर्न माग गर्दै विद्यालय प्रशासनमा आइतवार ताला लगाएको थियो ।

विद्यालयमा नेपाली, अग्रेजी, लेखापालको विज्ञापन गरिएपनि ३ पटकसम्म उक्त परीक्षा हुन सकेको छैन । यद्यपी बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले शिक्षा शाखा प्रमुख विश्वराज ढकालको बुवाको मृत्यु भएका कारण परीक्षा लिन नसकिएको बताएका छन् ।

शाहीले विद्यालयमा राजनीति हुनु दुःखद भएको समेत बताएका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार १७:४३