सूचनाको शक्ति - The Power Of Information

        

‘सेक्स’पछि चुम्बन र स्पर्श किन रुचाउँछन् महिला ?

केही महिला सम्भोगको दौरानमा मात्र खुल्ने भए तापनि बहुसङ्ख्यक महिला पार्टनरले आफ्नो यौन चाहना बुझेर सोही अनुसारको सन्तुष्टि देओस् भन्ने चाहन्छन् । कति पुरुषलाई पुरुष जस्तै महिलाहरू कसरी चरम उत्कर्षमा पुग्छन् र यौनसन्तुष्टि प्राप्त गर्छन् भन्ने ज्ञानको कमी रहन्छ ।

बहुसङ्ख्यक पुरुष आफ्नो सन्तुष्टि नै दुबैको सन्तुष्टि हो भन्ने खालको व्यवहार गर्दछन् । महिलामा भएका कति यौन अंगको सुम्सुम्याईबाट त कति अङ्गमा चुम्बनबाट पनि उनीहरू यौन आनन्दमा पुग्दछन् । युवतीको योनीभित्र रहेको सानो भाग हुन्छ र त्यो ठाउँमा पुरुषको लिङ्गले धक्का दिँदा उनीहरूले ज्यादै सन्तुष्टि पाउँछन् ।

कति महिला शारीरिक सम्पर्कभन्दा पनि एकान्तमा विपरीत लिङ्गसँगको अँगालोमा पनि सन्तुष्टि प्राप्त गर्ने खालका हुन्छन् । धेरै महिला यौन कार्य पछि पार्टनरसँग चुम्बन, स्पर्श, अङ्गालिन रुचाउँछन् । अमेरिकी गाइनोकोलोजिस्टहरु पुरुष र महिलाले के गर्दा बढी सेक्स आनन्द मिल्छ भनेर सार्वजनिक रूपमै बताइदिन्छन् ।

अमेरिकी गाइनोकोलोजिस्ट डा.एडम आस्त्रजेस्कीले महिलालाई बढी सेक्स आनन्द कसरी पुग्छ भनेर खुलस्त पारेका छन् । जुन पुरुषले सेक्स गर्दा युवतीको योनीभित्र रहेको सानो भागमा धक्का दिन्छ, त्यहीबाट महिलाहरू सेक्सबाट चरम आनन्द पाउने बताइएको छ । यद्यपि महिलाहरू पुरुषको तुलनामा ज्यादा लजालु हुने भएकाले कति कुरा उनीहरूले पार्टनरलाई खुलाउँदैनन् ।

विभिन्न अध्ययनहरूले यौन सम्बन्ध राख्दा महिलाहरू आफ्नोभन्दा पुरुषको धेरै चिन्ता लिन्छन् र उनीहरू आफू सन्तुष्टि लिनभन्दा आफ्नो पार्टनर सन्तुष्ट पार्न हर सम्भव प्रयास गर्छन् भनेर औँल्याएको छ । यसैले पनि अधिकांश सेक्सबाट महिलाहरूले भने जति सन्तुष्टि लिन सक्दैनन् । चरम उत्कर्षमा आउनु अगावै पुरुष थाकिसकेको वा उसले सन्तुष्टि लिइसक्ने भएकोले पनि महिलाहरू सेक्सको मामलामा पुरुषले जति सन्तुष्टि लिन सक्दैनन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार १६:४१