शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सोमबार दुई खेल हुँदैछ।
दिउँसो ३ बजे च्यासल मैदान ललितपुरमा हुने खेलमा शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेड र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुँदैछ ।
चर्च ब्वाइज १९ खेलबाट ३६ जोडेर शीर्ष स्थानमा छ। ऊ यो खेलमा जित निकाल्दै शीर्ष स्थानको अंक दूरी ५ अंकले बढाउन चाहन्छ। दोस्रो स्थानको मच्छिन्द्रले २० खेलबाट ३४ अंक जोडेको छ। यस्तै हिमालयन शेर्पा १९ खेलबाट २५ अंकसहित सातौँ स्थानमा छ ।
दिउँसो ३ बजे नै एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा त्रिभुवन आर्मी र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। तालिकाको छैटौँ स्थानमा रहेको आर्मीले १९ खेलबाट २६ अंक जोडेको छ।१३औँ स्थानमा रहेको फ्रेण्ड्सले समान खेलबाट २१ खंक जोडेको छ।
सत्यपाटी संवाददाता । काठमाडौँ