सूचनाको शक्ति - The Power Of Information

        

मुम्बई इण्डीयन्स आइपिएल क्रिकेटको प्ले अफमा

सनराइजर्स हैदरावादलाई हराउँदै मुम्बई इण्डीयन्स आइपिएल क्रिकेटको प्ले अफमा पुग्ने चौथो तथा अन्तिम टोली बनेको छ ।

आइतबार राति आफ्नै मैदान वाङ्खडे रंगशालामा भएको लिग चरणको अन्तिम खेलमा मुम्बईले हैदरावादलाई ८ विकेटले हरायो ।

टस हारेर पहिला व्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय रन बनायो । उसका लागि मायांक अगरवालले ८३ रन तथा भिभ्रान्त शर्माले ६९ रन जोडे ।

जवाफमा २ सय १ रनको लक्ष्य मुम्बईले १८ ओभरमा २ विकेट गुमाएर पुरा गर्‍याे । मुम्बईको जितमा क्यामरुन ग्रिनको अविजित १ सय रन तथा रोहित शर्माको ५६ रन महत्वपूर्ण रह्यो । जितसँगै मुम्बईले १४ खेलबाट १६ अंक बटुल्लै तालिकाको चौथो स्थान लिन सफल भयो ।

मुम्बईले अब तेस्रो स्थानको लखनउ सुपर जायन्ट्ससँग एलिमिनेटर खेल्नेछ । शिर्ष दुई स्थानमा रहेका गुजरात टाइटान्स र चेन्नाई सुपर किङ्सले भने फाइनल प्रवेशका लागि क्वालिफायर खेल्नेछन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार ०८:०४