सूचनाको शक्ति - The Power Of Information

        

को हुन् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी गायिका बुहारी ?

नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर सिंहले शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका छन् । उनीहरूले गत जेठ १ गते काठमाडौँमा एक समारोहबीच इन्गेजमेन्ट गरेका हुन् ।

जयवीर सिंह शेरबहादुर र आरजु देउवाका एक्ला सन्तान हुन् । शिवाना पूर्व परराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी हुन् । केदारभक्त परराष्ट्र सचिवसँगै युरोपियन युनियन र अमेरिकाका लागि नेपाली राजदूत थिए ।

केदारभक्त परराष्ट्र सेवामा प्रवेश गरे पनि उनका दाइ इन्द्रभक्त उद्योगपति थिए । इन्द्रभक्तका छोरा रविभक्त नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत हुन् । शिवाना केदारभक्तका छोरा सञ्जीवभक्त श्रेष्ठकी कान्छी छोरी हुन् ।

जयवीर र शिवाना दुवै जनाको छुट्टाछुट्टै व्यवसाय छ । शिवाना सौन्दर्य सामग्री (ब्युटी प्रोडक्ट) को व्यापारमा छिन् । शिवाना कभर गायक पनि हुन् । उनीहरूको चिनजान विद्यालयमै हुँदा भएको हुनसक्ने बताइएको छ ।

यद्यपि यसबारे आधिकारिक रूपमा पुष्टि हुन सकेको छैन । देउवाको पारिवारिक स्रोतका अनुसार जयवीर र शिवानाबीच माघमा बिहे गर्ने तयारी छ । जयवीर र शिवानाको इन्गेजमेन्टको जानकारी शिवानाकी आमा प्रतिभा र उनकी दिदीले इन्स्टाग्राम स्टोरीमार्फत दिएका हुन् ।

उनीहरूले केही तस्बिर पनि राखेका थिए । शिवानले झण्डै दुई दर्जन कभर गीतहरू गाएकी छिन् । उनले गाएका रिहाना, निश्चल, सेप अफ यू, गिभ मी लभ, अल अफ मी’ चर्चित कभर गीत हुन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार ०७:३८