सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

केही स्थानमा चट्याङसहित वर्षा, कस्तो छ तीन दिनको मौसम ?

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ भने दिउँसो कोशी र मधेस प्रदेशको तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना छ ।

त्यस्तै आज राती कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकीका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ ।

मंगलबार दिउँसो देशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ भने कोशी, बागमती, गण्डकी प्रदेशका थोरै र मधेस प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

मंगलबार राती देशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन तथा चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ ।

आगामी बुधबार दिउँसो देशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहने छ । देशको पहाडी भू–भागहरुका केही स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन तथा चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ ।

त्यस्तै बुधबार राती देशको पहाडी भू–भागहरूमा सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन तथा चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहनुका साथै कोशी र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेकाले त्यसबाट हुन सक्ने क्षति तथा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार ०६:११