सूचनाको शक्ति - The Power Of Information

        

पोर्चुगलमा सुतेकै अवस्थामा खजुराका एक युवाको मृत्यु

 वैदेशिक रोजगारीका लागि आठ महिनाअघि पोर्चुगल पुगेका बाँके खजुराका एक युवाको मृत्यु भएको छ ।

खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको शुक्रवार सुतेकै अवस्थामा मृत्यु भएको गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए ।

साराङकोटी पोर्तीमाउमा रहेको एक होटलमा कार्यरत थिए । उनी रोजगारीकै सिलसिलामा दुबई–माल्टा हुँदै आठ महिनाअघि पोर्चुगल पुगेका थिए ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतवार १७:४८