सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

कथा : दोषी को ?

केटाहरुले केवल टङ्गकिस गर्ने भनेर केटीहरुलाई मनाए । उनीहरुको ओठ खुल्यो । जिब्राहरू बाहिर निकाले । एक अर्काका जिब्रो, अनि...।

एक जना पत्रकार बालसुधार गृहको अवस्था अवलोकन गर्न र कथा बनाउन त्यहाँ गइन् । त्यहाँकी व्यवस्थापकलाइ भेटिन् र केहि जानकारी लीन गएकी भनेर आफ्नो परिचय दिइन् । ब्यवास्थापकले पनि उनलाई सबै घुमाइदिए । त्यहाँको ब्यवस्था देखेर उनी केहि विस्मित भइन् ।

उनले प्रश्न गरिन्, ‘यी केटाहरुलाइ यसरी राखेर त झन् ठुला अपराधि हुने सम्भावना छैन र ?’ व्यवस्थापकले प्रतिप्रश्न गरे, ‘किन र मेडम ?

उनले भनिन्, ‘मैले त यहाँ यी वालाकहरुलाई सुधार्ने निकै राम्रो वातावरण होला भन्ने ठानेकी थिएँ तर यहाँ त यिनीहरुलाई जेलमा थुने जस्तरी पो थुनिएको छ त ।’

व्यवस्थापकले सोधे ‘कस्तो हुनुपर्ने थियो र मेडम, हजुरको विचारमा ?’

उनले भनिन्, ‘यिनीहरुलाई यिनीहरुको उमेर सुहाउँदो खेलको र संगीतको ब्यवस्था हुनुपर्ने ता कि यिनीहरु रमाउन । ध्यान गर्न, योग गर्न सिकाउनु पर्ने । रोजगारमूलक शिक्षा प्रदान गर्नुपर्ने ता कि यहाँबाट छुटेपछि जीवनयापन गर्न सहज होस् । यहाँ त यस्तो कुनै ब्यवस्था देखिन त सर ।’

उनले स्वीकार गर्दै भने, ‘यो पनि एउटा आइएनजीओले सहयोग गरेर यति भएको हो । हामीले पनि हजुरले भनेको कुरा सरकारसित कति पटक अनुरोध गर्र्यौं तर केहि सिप लागेन । तपाईं त पत्रकार हुनुहुन्छ मेडम, यसबारे कथा बनाएर सबैलाई सचेत बनाउने काम गरिदिनुस न ।!

उनले पनि प्रतिबद्धता देखाउँदै थिइन् कि एक जना केटा आएर भन्यो, ‘मेडम आज फेरि कमलले आत्महत्याको प्रयास गर्यो । हामीले बल्ल बल्ल बचायौं ।’ व्यवस्थापक र ती पत्रकार दुवै झस्के । बस्तु स्थिति बुझ्न त्यहाँ गए । केटो नराम्ररी रोइरहेको थियो ।

उसले भनिरहेको थियो, ‘मैले कसैलाई बलात्कार गरेको छैन । बलात्कृत त म भएको थिएँ ।’ पत्रकार मीताले त्यो केटोसित उसको कथा ब्यथाबारे बुझ्न खोजिन तर व्यवस्थापकले उनलाई त्यसो गर्न रोके ।

उनले भने, ‘मेडम, माफी चाहन्छु । यसरी सबैले उनीहरुको ब्यथा कोट्याउँदा उनीहरुको मनोविज्ञानमा नकारात्मक असर पर्न सक्छ । त्यसैले हामीले सकेसम्म उनीहरुका व्यक्तिगत कुरा नसोधिदिउ है ।’

व्यवस्थापकले मीतालाई अफिस कोठामा लगेर घटनाबारे व्याख्या गरे, राजधानीको सबैभन्दा महँगो विद्यालय । केवल धनीमानी अनि ठुलाबडाका सन्तान पढ्ने विद्यालय । हरेक सुख सुविधा भएको । घोडसवारी, संगीत, नृत्य, खेल, पहाड चढ्नेदेखि अनेक क्रियाकलापका साथै विदेश भ्रमणको सुविधा ।

लुगालत्तादेखि जुत्तासम्म सबै ब्रान्डेड लगाउने गर्थे त्यहाँका विद्यार्थीहरुले । कक्षाकोठा पनि ए सी भएका । साधारण व्यक्तिको त कल्पनाभन्दा पनि माथि थियो त्यो विद्यालय । केवल हैसियत भएकाका छोराछोरीले मात्र भर्ना पाउने । सर्बसाधारणले त भर्ना पाउनै कठिन । पाइहाले पनि चर्को शुल्कको कारणले पढाउन असम्भव ।

पाउने आमा बाबु र विद्यार्थीले आफुलाई भाग्यमानी ठान्थे । नेता ज्युकी छोरी पनि त्यहाँ पढ़थिन । एकदिन साथीहरुको भेटघाट (गेटटुगेदर) को कार्यक्रम थियो एउटा पाँचतारे होटेलमा । सबैले अलिअलि गर्दै ड्रिंक लिए । सबैजनाले खाए पीए, नाचे गाए । निकै रमाए । सबैको शरीरमा बिस्तारै बिस्तारै केहि हुन् लाग्यो, बिजुलीको करेन्ट लागेजस्तो ।

केहि आनन्द । केहि आनन्दको चाह र तड़प । केहिबेरपछि एकाएक बत्ति मधुरो भयो । केटाहरुले केटीहरुलाई समाते । उनीहरु आत्तिए, तर केटाहरुले केवल टङ्गकिस गर्ने भनेर केटीहरुलाई मनाए । उनीहरुको ओठ खुल्यो । जिब्राहरू बाहिर निकाले । एक अर्काका जिब्रो, अनि…।

कार्यक्रम सकिँदासम्म मध्यरात भैसकेको थियो । सबै आआफ्नो घर फर्किए । सबै त्यो प्रथम मिलनमा कौतुहल मानिरहेका थिए, फेरि कसैले थाहा पाउँला । घर थाहा भए…? मनमनै असाध्यै आत्तिए । केटीहरुको हिँड्ने चालै बदलिएको थियो । गर्भ रहे के होला भन्ने अर्को चिन्ता । प्रथम मिलनको आनन्द, आनन्दभन्दा चिन्ता र प्रश्न बढी थिए ।

केहि महिनापछि विद्यालयले विद्यार्थीहरुलाई शैक्षिक भ्रमणमा बैंकक लग्यो । त्यहाँ न आमा बुवाको डर न आफ्नो कसैले देख्ला भन्ने चिन्ता । जता हेर्यो समुद्रको तट । पानीका खेल । उसमाथि त्यहाँको बारेमा सुनी आएका कथा अनि उनीहरु भित्रका उर्लिएका चाहना । भ्रमणका पन्द्र दिन पखेटा लगाएर उडे जस्तो भयो ।

उनीहरु चाहन्थे यो रमाइलो संधै रहिरहोस्, तर स्थाई के छ र ? सबैको समय पुरा हुन्छ । उनीहरुको पनि भयो । घर फर्किए, मानसपटलमा अतृप्त आनन्दको अनुभव र अभ्यास बोकेर । सबैलाई लाग्थ्यो कि कति खेर विद्यालय जाउँ । साथीहरुलाई भेटौं । फेरि रमाइलोका कुरा गरौँ । तर दुर्भाग्य केहि समयपछि संसारै भरी महामारी फैलियो ।

अनिश्चित कालको लागि सबैजना घरभित्र बन्द भएर बस्न बाध्य भए । सरकारको यो सूचनाले कतिको घरमा खाद्यान्न समेतको जोहो भएको थिएन । परिस्थिति यस्तो बिकराल भयो कि रोगले भन्दा भोकमरीले मान्छे मर्ने अवस्थाको सिर्जना भयो । सबै घरको घरै भए । मन्त्रीजीकी छोरीलाई यो सबको चिन्ता थिएन ।

उनलाई चिन्ता थियो त केवल आफ्ना साथि सहपाठीको । उनी साथीहरुको अभावमा एक्लै छटपटीएकी हुन्थिन् । घरी घरी आफ्नो साथि र ऊसितको सहवासले अत्याउथ्यो । मिलनको व्यग्रताले उनी अधीर हुने गर्थिन् । उनका साथीहरुको पनि यहि हालत थियो । उनले आफ्ना साथीहरुलाई फोन समेत गरिन ।

जसरी भए पनि भेट गर्ने अनुरोध गरिन्, तर उसले भेट्न हुँदैन भनेर भन्यो । उनी झन् बिचलित भइन् । एकदिन उनी कोठामा एक्लै थिइन् । काम गर्ने दिदी पनि घर गएकी थिइन् । त्यसैले घरको काममा मदत गर्ने अनि पढ्ने भनेर बसेको कमललाइ उनको कोठा सफा गरिदिन मन्त्रानीले अह्राइन । भ्याकम क्लिनर लिएर ऊ गयो ।

मसिनका पाटपूर्जा जोड्यो अनि मसिन चालु गर्यो । त्यत्तिकैमा मन्त्रीपुत्री स्वेताले उसलाई पछाडीबाट एकाएक समातेर चुम्न लागि । ऊसित सहवासको अपिल गरी । ऊ त छक्क पर्यो । भयभित भयो । त्यति ठुलो मान्छेकी छोरी कसैले थाहा उसलाई जिउंदै गाडीदिनेछन । उसको पढाइ लेखाइ सबै समाप्त । जीवन फेरी उही घाँस दाउरामै समेटिएर रहने छ ।

स्वेतालाई जबर्जस्ती छुटाएर भाग्यो । लामो सांस फेर्यो । शरीर थरथरी काँपिरहेको थियो । केहि स्वेताले जगाइदिएको उत्कट चाह अनि केहि भयले । दिन जसोतसो बित्यो । रात यसै पनि कस्टकारक हुने गर्थ्यो आज झनै भयावह भएको थियो । उसलाई यो पनि भय थियो कि मालिक पुत्री त्यहाँ पनि नआओस् ।

भोलि पल्ट सँधै जस्तो विहान भयो तर उसलाई खै किन केहि फरक लागिरहेको थियो । उसले मालिकसित घर को लागि अनुरोध गर्यो । तत्काल मालिक्नी रिसाइन । भनिन्, ‘दिदीलाई पनि घर पठाइदियो । तिमि गए घरको काम कसले गर्छ ?’ उसले आफ्नो भय र बाध्यता भन्न पनि सकेन न त कसैले बुझ्ने प्रयास नै गर्यो । तरक्क आँखाबाट आँशु झार्यो ।

जवाफ दिने कुरै थिएन । भन्न पनि चाहेको थियो तर उसको कुरा कसले पत्याउने ? सबैले आफ्नी छोरीको कुरा नै पत्याउने भए । चुपचाप आफ्नो कोठामा फर्कियो । साँझ मन्त्रानीले, ‘ए कमल मैयालाइ दुघ लगिदे’ भनिन् । उसले एकान्त पाएर मंत्रानीलाई सबै भन्न खोज्यो । ठीक त्यहि बेला स्वेता देखापरी र उसलाई चुप लाग्न इशारा गरी ।

ऊ केहि बोल्न सकेन । दुध लिएर गयो । स्वेताले तानी…। ऊ पनि त मान्छे हो । उसमा पनि चाहना थियो धनीहरुको जस्तै । फरक थियो भने केवल पैसा र प्रतिष्ठाले । केहिबेर पछि आफ्नो कोठामा फर्कियो । अर्को दिन स्वेताले उसलाई दिउँसै बलाई । उसले ईशारा गरेर इन्कार गर्यो । हात जोड्यो ।

स्वेताले भनी, ‘ठीक छ मेरो कुरो नमान । यदि मैले आफ्नो कपडा च्यातेर तैंले मलाइ बलात्कार गर्न खोजिस भनेर कराइदिउ त ?’ ऊ थरर कान्प्यो । स्वेताको अघि ऊ न त मस्तक भयो । केहि आफुभित्रका चाहना पनि उर्लिए । यन्त्रवत गयो । दीयोको उज्यालोमा पुतली आकर्षित भयो । एक दिन मन्त्रीजीलाई बल्ल बल्ल फुर्सद भएको थियो ।

उनी हालखबर सोध्न छोरीको कोठामा पसे । त्यहाँ छोरी त थिइन् तर अर्कै परिस्थितिमा । उनी थरर काँपे । पत्नीलाई बलाए । कमलको कठालो समातेर उठाए अनि पिट्नु पिटे । रिसले उसलाई मारीदिने स्थितिमा पुगिसकेका थिए कि पत्नीले रोकिन । स्वेताले भनि, ‘हेरिस्यो न ड्याडी यसले मेरो कोठामा आएर…।’ ऊ रुन लागि । ‘तैंले रोक्न सकिनस् ?’ दाजुले करायो ।

‘मैले कति कोशिश गरें तर सकिन ।’ स्वेताले भनी । ‘किन नकराएकी ?’ जवाफ दिइन् बरु रोइरही । क्रोधले मन्त्री ज्युले उसलाई अदालतमा लगे । मुद्दा चल्यो । उसको तर्फबाट मुद्दा लड्ने कोहि थिएन । अदालतमा न्यायाधिस अघि स्वेताले भनी, ‘श्रीमान् सानैदेखि यो हाम्रो घरमा काम गर्दै आएको छ । यसलाई हामीले आफ्नो परिवारको सदस्य ठानेका थियौं ।

जसको कोठामा पनि जान्छ । त्यो दिन यो मेरो कोठामा आयो । मैले त कामले आए होला भन्ने सोंचें तर यसले …।’ ऊ रुन लागी । अन्त्यमा न्यायाधीशले उसलाई आफ्नो पक्षमा सफाई दिन भने । उसले भएभरका सबै कुरा साँचो साँचो भन्यो तर स्वेता र कमल दुवै अठार वर्ष नपुगेकाले यसलाई झन् जघन्य अपराध ठहर गरे । कमललाइ वाल सुधार गृहमा बाह्र वर्षलाई थुनामा राखने आदेश दिए ।

।। समाप्त ।।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतवार १३:२१