कान्स फिल्म फेस्टिभल २०२३ को रेड कार्पेटमा बलिउड अभिनेत्री उर्वशी रौतेलाले आफ्नो सुन्दरता देखाएकी छिन् । उर्वशीले आफ्नो फर्स्ट लुकले अन्तर्राष्ट्रिय इभेन्टमा चकित पारेकी छिन् ।
अभिनेत्री उर्वशीले गुलाबी अफ शोल्डर टुल गाउनमा देखिएकी थिइन् । यस सुन्दर पोशाकको मल्टी लेयर्ड फ्लोरल रफेल पैटर्नले यसमा थप आकर्षण थपेको छ । अभिनेत्री उर्वशीको आकर्षक गाउनसँगै उनको स्टेटमेंट एलिगेटर नेकपिसले लाइमलाइट लिएको छ ।
यो नेकपिस निकै अनौठो देखिन्थ्यो । गुलाबी गाउनभन्दा पनि फ्यानको नजर यो नेकपिसमा टिकेको छ । उर्वशीको यो लुकलाई फ्यानहरुले तारिफ गरेका छन् । प्रयोगकर्ताहरूले अभिनेत्रीलाई गर्जियस पुतली, गर्जियस, स्टनिङको ट्याग दिएका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं