सूचनाको शक्ति - The Power Of Information

        

जति धेरै सेक्स त्यति धेरै सम्बन्ध सुमधुर

सम्बन्धलाई थप सुमधुर बनाउनका लागि सेक्सको महत्वपूर्ण भूमिका रहन्छ । सेक्स सम्बन्धहरूमा प्रेम पक्कै हुन्छ जसले घनिष्टता बढाउँछ । यस्ता केही कारणहरू छन् जसले तपाईंको सम्बन्धमा थप राम्रो बनाउँछ ।

सम्बन्ध बलियो बनाउँछ

प्रेमको महत्वपूर्ण पक्ष सेक्स हो । यो साझेदारसँग आत्मीयता, निकटता र विश्वास देखाउने एक अनौठो तरिका हो । जब तपाईं दुवैजना यौन क्रियामा हुनुहुन्छ । तपाईं भावनात्मकरूपमा जोडिएको महशुस गर्नुहुन्छ । यो भावनात्मक सम्बन्धले तपाईंको सम्बन्धलाई झन् बलियो बनाउँछ ।

सम्बन्धमा तनाव कम हुन्छ

प्रायः तनावले सेक्स ड्राइबलाई कम गर्छ । तर, यदि तनावले सेक्सलाई कम गर्छ भने अधिक सेक्सले तनाव कम गर्दछ । अनुसन्धानले बताउँछ कि जसको यौन जीवन राम्रो हुन्छ । उनीहरू सधैं खुसी हुन्छन् ।

दुवै जना स्वस्थ र सम्बन्ध राम्रो

यौन क्रियाकलापको क्रममा प्रतिमिनेट ३.६ किलो क्यालोरीदेखि ८५ किलो क्यालोरी क्षति हुने अध्ययन बताउँछ । नियमित सेक्स गर्ने जोडीहरूले व्यायामजत्तिकै क्यालोरीहरू घटाउने भएकोले दुवैमा शारीरिकरूपमा फिट हुन्छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार ०८:२८