सूचनाको शक्ति - The Power Of Information

        

भारतमा दुई हजारको नोट प्रतिबन्ध

भारत सरकारले २ हजार रूपैयाँको नोटमा प्रतिबन्ध लगाएको छ । यसअघि नरेन्द्र मोदी सरकारले सन २०१६ मा १००० र ५०० को नोटमा प्रतिबन्ध लगाउँदै २००० को नोट चलाउन सुरु गरेको थियो ।

सो नोट चलाउन सुरु गरेको सात बर्षमा नै फेरि २००० को नोटमा प्रतिबन्ध लगाएको हो । भारतीय रिजर्भ बैंकले सो बारेमा जानकारी दिदै अब २००० का नोट बजारमा आउने छैनन् ।

बैंकका अनुसार आगामी सेप्टेम्बेर ३० सम्म भने २००० को नोटले मान्यता पाउने भए पनि सो पछि भने सो नोटको मान्यता हुने छैन । रिर्जभ बैंकले आम सर्वसाधारणलाई सेप्टेम्बर ३० सम्ममा आफूसँग भएको २००० को नोट बैंकमा जम्मा गर्न तथा सटही गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार ०८:२३