सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० जेठ ६ गते शनिवारको राशिफल

२०८० जेठ ६ गते शनिवार, २० मे २०२३ । ज्येष्ठ शुक्लपक्ष प्रतिपदा तिथि । कृत्तिका नक्षत्र, ८ः०० बजेपछि रोहिणी । चन्द्रराशि– वृष

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आफन्तसँग रमाइलो भेटघाट हुनेछ । परिवारका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

फजुल खर्च बढ्नेछ भने बेलैमा होस नपुग्नाले अर्थ अभाव देखापर्न सक्छ । समय दिन नसक्दा काम रोकिनेछ । अरूको फाइदाका लागि काम गर्नुपर्ने अवस्था आउन सक्छ । उधारोमा व्यापार गर्नुपर्ला । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । आफन्तबाट टाढा भइनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ । लगानीतर्फ लागत बढ्नेछ । कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन् । ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला । तत्काल फाइदा नभए पनि सम्भावना खोजी गर्ने समय छ । पहिलेको उपलब्धिलाई जोगाउने प्रयत्न गर्नुहोला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

मिहिनेतले राम्रो परिणाम दिलाउनेछ । तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । कृषि, पशुपालनमा आदिमा फाइदा हुनेछ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा फाइदा हुनेछ । सहयोगीहरूले हिम्मत दिलाउनेछन् ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अवसर र चुनौती एकसाथ देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला । छिद्र खोतल्नेहरूले दुःख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । ढिलासुस्ती गर्दा वा आँटले काम लिन नसक्दा केही पछि परिनेछ । तापनि शुभचिन्तकहरूको साथ–सहयोगले अप्ठ्यारा चुनौती समेत पार लगाउन सकिनेछ । समाजसेवा, धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला । परिबन्धले चुनौती निम्त्याउन सक्छ । काम बिग्रने भयले सताउनेछ भने श्रमको उचित मूल्य प्राप्त नहुन सक्छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामसमेत स्थगित हुने सम्भावना देखिन्छ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

घुमफिर तथा मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । अतिथिका रूपमा सत्कार पाइनेछ । प्रेम र मित्रताको बन्धन पनि कसिने समय छ । परिवारजनको साथले उत्साह जगाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यापार र पेसामा राम्रै फाइदा हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् । कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ । रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ । अरूका विषयमा चासो लिँदा झमेला बेहोर्नुपर्ला । अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अप्ठ्यारा परिस्थितिले काम गर्न विलम्ब हुनेछ । समयको तालमेल नमिल्दा आफ्ना विषयवस्तुमा अरूले दाबी गर्लान् । अरूको विश्वास गर्दा धोका हुन सक्छ । अध्ययनमा समय दिन नसकिएला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

परिवारमा असमझदारी देखिएला । मान–सम्मानमा आघात पुग्ने सम्भावना छ । आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । फजुल खर्च बढ्नेछ र काममा केही उल्झन आउन सक्छ । बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ । व्यवसायमा श्रमअनुसार सोचेको फाइदा नहुन सक्छ । वादविवादले भोगाधिकार गुम्न सक्छ, सजग रहनुहोला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ । परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार ०६:४०