सूचनाको शक्ति - The Power Of Information

        

काँग्रेस क्षेत्र नम्बर १ बाँकेले प्रकाशित गर्यो नयाँ भित्तेपात्रो

नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर १ ले नयाँ वर्ष २०८० सालको भित्तेपात्रो प्रकाशित गरेको छ । उक्त पात्रोको नेपाली काँग्रेस बाँकेका सभापति एवम् प्रमुख अतिथी नारायणप्रसाद गौडेलले बिहीबार विमोचन गरेका हुन् ।

क्षेत्रीय सभापति पोषणराज केसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद सञ्जुकुमारी चौधरी, नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सदस्य टेकनारायण भुसाल र अञ्जना पाण्डे, जिल्ला उपसभापति कृष्णबहादुर कार्की, कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, महासमिति सदस्य लुटबहादुर केसी, पुर्वक्षेत्रिय सभापति कृष्ण पौडेल र नरबहादुर मल्ल, पार्टीका जिल्ला सदस्यहरु टिकाराम बस्नेत, निरज चलाउने, मनप्रसाद आचार्य, नेता भानुभक्त भट्टराई, कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता सुवेदी, राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु, काँग्रेस कोहलपुर नगर सभापति बीरेन्द्र शाह, पार्टीका राप्ती सोनारी गाउँपालिका सभापति भिमबहादुर रानाक्षेत्री, वडा सभापति लगायतको उपस्थिती रहेको प्रवक्ता तुलाराम खत्रीले जानकारी दिए ।

क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले सञ्चालन गरेको उक्त कार्यक्रममा क्षेत्रीय उपसभापति एवम् प्रदेश सभा १ (ख)का सभापति बलराम शर्माले स्वागत गरेका थिए, भने सुमन पौडेलले उद्देश्यमाथी प्रकाश पारेका थिए ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार १८:३८